लण्डन र अधिकांश दक्षिण पूर्व इङ्ल्यान्डका लागी टायर चार प्रतिवन्धहरु घोषणा - दर्पण संसार

लण्डन र अधिकांश दक्षिण पूर्व इङ्ल्यान्डका लागी टायर चार प्रतिवन्धहरु घोषणा

लण्डन । कोभिड -१९ को तीव्र संक्रमण रोक्ने प्रयास स्वरुप ब्रिटिश सरकारले भोली आईतबार बिहान ६ बजेबाट लन्डन, दक्षिण पूर्व र पूर्व इङ्ल्यान्डमा नयाँ टायर चार प्रतिबन्धहरु हुने भएको छ "यी मोटामोटी नोभेम्बरमा इङ्ल्यान्डमा लागू भएको राष्ट्रिय प्रतिबन्धको बराबरी हुनेछ, प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् । ती क्षेत्रका बासिन्दाहरू घरमा बस्नैपर्छ, अनावश्यक रिटेल , कपाल काट्ने ठाउँ र जिमहरू बन्द हुनेछन् ।

घरबाट काम गर्न सक्नेले सक्दो घरबाट काम गर्नुपर्छ, र टायर चार क्षेत्र प्रवेश गर्न वा छोड्न निषेध गरिएको छ । सरकारले यथासक्य अर्को लकडाउनलाई टार्ने कोशिश् गरिरहेको भन्दै उनले अहिले लागू प्रतिवन्धहरुको पालना गर्न सम्पूर्ण बेलायतवासीमा अपील गरेका छन् ।

बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो एकसातामा एक लाख ६७ हजार ७३१ जना संक्रमित थपिएका छन् । गत नोभेम्बरबाट कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेलायतमा अहिलो संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ ।

शुक्रबार साँझसम्मको तथ्याँक अनुसार  पछिल्लो २४ घन्टामा मात्र थप २८ हजार ५०७ जना नयाँ  संक्रमित थापिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख ७७ हजार १६७ पुगेको छ ।

"

प्रतिक्रिया दिनुहोस्