काठमाडौं । बहुसंख्यक नेपालीभाषी बसोबास रहेको दार्जिलिङ र नेपालका युवायुवती बीचको प्रगाढ सम्बन्ध दर्शाउने एउटा रोमान्टिक सेलो गीतको भिडियो सार्वजनिक भएको छ ।
चर्चित नृत्य तथा एरोविक प्रशिक्षक भुवन स्याङबो तामाङको कोरियोग्राफी तथा निर्देशनमा बनेको ‘च्याङबाले बोलायो दार्जिलिङ शहरमा’ बोलको गीतमा आकर्षक नृत्य देख्न पाइन्छ ।
मिना तामाङको स्वरमा सजिएको गीतमा ‘च्याङबा’ र ‘मैच्याङ्ग’ बीचको प्रेमभाव र रोमान्स समेटिएको छ ।
भिडियो सूर्य लामाले खिचेका हुन भने गीतको शब्द संगीत टीका बोम्जनको रहेको छ ।
हाइलाइट्स नेपालबाट सार्वजनिक भिडियोमा पूजा मगर, राज तामाङ, प्रिया मगर र एस के गल्स क्रियू टीमको दमदार नृत्य हेर्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्