काठमाडौँ । गायिका समिक्षा अधिकारीलाई पछिल्ला दिनमा भ्याई नभ्याई छ । एकपछि अर्को गर्दै रेकडिगंमा ब्यस्त समिक्षाका गीतहरु ब्याक टु ब्याक सार्वजनिक भइरहेका बेला समिक्षा अधिकारी र गायक सरोज साजन श्रेष्ठको स्वरमा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ को भिडियो सार्वजनिक भएको छ ।
यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत शृजना रहेको गीतमा यूवा–यूवतीविच हुने प्रेम, मन परेको मानिसलाई फकाउनका लागि यूवकले गरेको विभिन्न तरिकालाई रोमाञ्चक तरिकाले निर्देशक
विधान कार्कीले प्रस्तुत गरेका छन् ।
प्रकाश घिसिङको लगानी रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन । रहेको छ । जसमा टिकटकस्टार सुधिर श्रेष्ठसँग श्रेया सिटौला डिमोन क्षेत्री, रुविसा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्