अनमोल र उपासनाको क्याप्टेन’युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म - दर्पण संसार

अनमोल र उपासनाको क्याप्टेन’युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत नेपाली चलचित्र ‘क्याप्टेन’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएको यो चलचित्र दुई वर्षअघि हलमा प्रदर्शनमा आएको थियो । हलमा खासै व्यापार गर्न नसकेको यो चलचित्रले युट्युबमा भने राम्रै दर्शक पाइरहेको छ । सार्वजनिक भएको एक दिनमै एक लाख पैसठ्ठी हजारभन्दा बढी भ्युज पाएको छ ।

दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्र अभिनेता भुवन केसीको लगानीमा निर्माण हो । चलचित्रमा अभिनेता अनमोलसँगै अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

फुटबलको कथालाई उठान गरेको यो चलचित्रमा अनमोल फुटबलरको भूमिकामा देखिएका छन् । यही चलचित्रबाट अभिनेत्री उपासना चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । यस्तै अनमोल अभिनीत अर्को चलचित्र ‘ए मेरो हजुर ३’ पनि युट्युबमार्फत सार्वजनिध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्