छ वर्षपछि श्वेताको सिउँदोमा सिन्दुर - दर्पण संसार

छ वर्षपछि श्वेताको सिउँदोमा सिन्दुर

काठमाडौं । नायिका स्वेता खड्का वैवाहिक जीवनमा प्रवेश गरेकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनको विवाह सम्पन्न भएको छ ।


बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको दिनमा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार गर्न नसक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन् ‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’राजधानि दैनिकमा खबर छ ।


यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असारमा विवाह भएको थियो । विवाहको एक महिनापछि साउन २५ गते श्रेष्ठको असामयिक निधन भएको थियो । छ वर्षपछि पुन नयाँ जीवन सुरु गरेकी भन्दै श्वेताका फ्यानले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्