टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सुरु, शनिवार सबिन राइको प्रस्तुति - दर्पण संसार

टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन सुरु, शनिवार सबिन राइको प्रस्तुति

काठमाडौं, फागुन २४ : ट्याटु प्रेमी युवाहरूलाई लक्ष्यित गरि रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको ुटुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन शुक्रबार सुरु भएको छ ।

कार्यक्रममा शुक्रबार मात्र ३५ जनाले ट्याटू खोपाएको र करिब सय जनाले पछि ट्याटू खोपाउन बुकिङ गरेको बताइएको छ । नाखिपोट, बास्केट बल कोर्ट, ललितपुर भैरहेको र्कायक्रमको उद्घेश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको कार्यक्रम सम्योजक पूनम थापा सारुले बताइन ।

कार्यक्रममा ललितपुरका स्थानिय ट्याटू कलाकारहरुले भाग लिएका छन् । उक्त दुइ दिने कायक्रममा मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ नेपालका चचित कलाकार र साङ्गीतिक ब्याण्डले गीत संगीत प्रस्तुत गरेका छ्न । यामन, दि मेमोरिया र आरक्षले शुक्रबार साङ्गीतिक प्रस्तुति दिएका छ्न भने सनिवार सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेटले आ–आफ्नो प्रस्तुती प्रदर्शनी दिनेछन।

प्रतिक्रिया दिनुहोस्