काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी ओलीलाई नेल्सन मण्डेलासँग तुलना गरेका छन् ।
उनले लामो जेल जीवन विताएका दक्षिण अफ्रिकाका मण्डेलाकै लाइनमा प्रधानमन्त्री ओली भएको बताए । उनले देशले प्रधानमन्त्री ओलीको नेतृत्व अझै पर्खिरहेको बताए ।
त्यस्तै, उनले नेपालमै प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सफल शल्यक्रिया भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिष्ठा बढेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्