एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप्ने निर्णय, चेन अफ कमाण्ड ध्वस्त हुने चिन्ता - दर्पण संसार

एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप्ने निर्णय, चेन अफ कमाण्ड ध्वस्त हुने चिन्ता

काठमाडौं । संगठन तथा व्यवस्थापन सर्वेक्षण बिना नै चलखेलका आधारमा नेपाल प्रहरीका एआईजीको दरबन्दी थपिएको छ ।

केही व्यक्तिहरुको चलखेलका आधारमा दरबन्दी थप भएको हो ।

महानगरी प्रहरी कार्यालय प्रस्तावितः संघीय राजधानी प्रहरी कार्यालय)मा एआईजीको दरबन्दी राख्न लागि एआईजीको दरबन्दी थपिएको हो ।

बुधबारको मन्त्रिपरिषद्को बैठकले एक एआईजी र पाँच डिआईजीको दरबन्दी थप्ने निर्णय गरेको हो । त्यससम्बन्धि पत्र प्राप्त भएको गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमले बताए ।

रिक्त एआईजी पदमा बढुवाका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका डिआईजीहरु दाबेदार हुन् ।

तर, तल्लो ब्याचका डिआईजीहरुले त्यसमा शक्तिकेन्द्र धाएका छन् । डिआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा तथा धिरजप्रताप सिंंह सो पदमा बढुवाका लागि प्रमुख दाबेदार देखिएका छन् ।

डिआईजी बढुवामा सबैलाई पछि पारेका पोखरेल यसअघि नै एआईजी बन्ने प्रयास गरेका थिए ।

तर, आईजिपी क्षेत्रकी कारण रोकिएको थियो । अहिले एआईजीको दरबन्दी थप गर्न समेत उनकै भूमिका रहेको प्रहरी स्रोत बताउँछ ।

ब्याचमा यसरी चलखेलका आधारमा जुनियर र एक जनालाई मात्र बढुवा गर्दा संगठनमा चेन अफ कमाण्ड ध्वस्त हुने प्रहरी अधिकारीको चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्