नेकपा जिल्ला अध्यक्ष गैह्रेकी छोरी अतिथिको अरिङ्गालले चिलेर मृत्यु - दर्पण संसार

नेकपा जिल्ला अध्यक्ष गैह्रेकी छोरी अतिथिको अरिङ्गालले चिलेर मृत्यु

पोखरा । अरिङ्गालले चिल्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको मृत्यु भएको छ ।

तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिङ्गालले चिल्दा घाइते भएकी उनकी १३ वर्षीया छोरी अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।

तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिङ्गालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।

टोकाइबाट घाइते उनीहरुलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ । नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्