‘ए साइली’ कौराहा गीतको कभर भिडियो, प्रतियोगिताको तयारी पुरा - दर्पण संसार

‘ए साइली’ कौराहा गीतको कभर भिडियो, प्रतियोगिताको तयारी पुरा

 ए साइली कौराहा गितको कभर भिडियो बनाउनु पर्ने गीत यस्तो छ

लन्डन । दिपक थापा मगरको ‘ए साइली–२०७७ कौराहा गित कभर भिडियो’ प्रतियोगिताको तयारी पुरा भएको छ ।

प्रतियोगीहरुले भिडियो प्रतियोगितामा भाग लिंदा पालना गर्नुपर्ने नियमहरुलाई थापा मगरले उनको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिसकेका छन ।

आकर्षक धनराशी सहित पुरस्कारको घोषणा गरिएको यस कार्यकमबाट गुरुङ्ग, मगर लगायतका समुदायमा चर्चित ‘कौराहा गीत’ र सरहका भकाहरूले प्रतियोगितालाई अर्थपूर्ण बनाउने विश्वास आयोजकले गरेको छ । कोभिड १९ को महामारीमा भर्चुअल प्रविधामा आधारित यस प्रतियोगिता सम्भवतः पहिलो पटक रहेको आयोजको दावी छ ।

लामो समयदेखि यूकेमा बस्दै आएका दिपक थापा माइथाने मगर मोसफलका चर्चित डान्सर हुन । एक दर्जन भन्दा बढि भिडियोमा अभिनय गरिसकेका दिपकले यूकेका विभिन्न सास्कृतिक कार्यकममा स्टेज प्रफर्मेन्स गरिसकेका छन ।

विभिन्न सांस्कृतिक संघसंस्थामा आवद्ध उनी केन्द्रीय मगर संघ युके, युथ विभागका महासचिव पनि हुन । आयोजकले आव्हान गरेको कभर गित प्रतियोगितामा ‘ए साईली’ कौराहा गीत सार्वजनिक गरिएको छ ।

गीतलाई विलन थापा मगर, पवन राना मगर र तारा श्रीष मगरले संयुक्तरुपमा आवाज दिएका छन । यस सृजनाका रचनाकार र संगितकार बिलन थापा मगर र पवन राना मगर हुन ।

बिलन थापा मगर नेपाल मगर सांस्कृतिक संघका महासचिव हुन भने पवन राना मगर र तारा श्रीष मगर केन्द्रिय मगर सांस्कृतिक संघका केन्द्रिय सदस्यहरु हुन । पवन राना मगर मगर भाषामा बनेको ‘कौराहा’ चलचित्रका नायक पनि हुन ।

ए साईली COVER भिडियो प्रतियोगिता २०७७ का नियमहरु...

 

"

प्रतिक्रिया दिनुहोस्