नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति " विश्व संजाल" अर्न्तगत युरोप क्षेत्र र अफ्रीका क्षेत्रको समिति गठन - दर्पण संसार

नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति " विश्व संजाल" अर्न्तगत युरोप क्षेत्र र अफ्रीका क्षेत्रको समिति गठन

 

 

प्रबासमा रहेका नेपाली काँग्रेससँग आबद्द नेता तथा कार्यकर्ताहरुको संजालले संगठन स्थापनाको २ बर्षमा युरोप र अफ्रीकाको क्षेत्रीय संयोजन समितिको गठन गरेको छ । विश्व संजालका सभापति बिष्णु सुबेदी र अन्य पदाधिकारीहरुको उपस्थितिमा युरोपका विभिन्न देशहरुबाट करिब सयौको संख्यामा नेपाली काँग्रेससंग आबद्ध नेता तथा कार्यकर्ताहरूको सहभागीका सहितको आज बसेको भर्चुअल भेलाले युरोप क्षेत्रिय संयोजन समितिको गठन गरेको हो ।

 

 समितिको संयोजकमा बेलायतबाट शेखर कँडेल , सह-संयोजकमा बिजय मोक्तान (जर्मनी), तस्बिर लामा (बेलायत), सचिबमा यमलाल सुबेदी (डेन्मार्क) ,सह-सचिवमा सुरेन्द्रआमगाइ (पोर्चुगल) , कृष्णप्रसाद खरेल (बेलायत) ,कोषाध्यक्ष बिष्णुमाया अधिकारी (नर्वे) , सह-कोषाध्यक्ष, अंजु तिमिल्सिना अधिकारी (स्पेन) , सदस्यहरुमा कृष्ण अधिकारी (नेदरलैण्ड) , नारायण दवाडी (लक्जेम्बुर्ग),भाबा मल्ल (इटाली ) ,अशोक घिमिरे (पोर्चुगल),हीरालाल सापकोटा (स्पेन) र रामकृष्ण पूडासेनि (स्पेन) रहनु भएकोछ।

 

त्यसैगरि नेपाली जनसम्पर्क अन्तर्राष्ट्रीय समन्वय समितिले विश्व सञ्जाल अर्न्तगत अफ्रिका संयोजकमा कृष्ण दत्त भट्टलाई मनोनयन गरेको छ ।

 

जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाले संचालन गरेको विश्व सञ्जाल अर्न्तगत युरोप भेलामा संजालका संयोजक बिष्णु सुबेदी, नेता विश्वआदर्श पण्डित , नेता मधु आचार्य लगाएतले उपस्थिति जनाएका थिए ।

भर्चुअल बैठकमा महासमिति सदस्यहरु, जनसम्पर्क समितिका सभापतिहरु, नेपाली काङ्ग्रेसका बुद्धिजिवी , समर्थक र पूर्वमन्त्री तथा केन्द्रिय सदश्यहरुको वाक्लो उपस्थिति रहेको थियो ।

 

प्रवासमा रहेर पनि लोकतन्त्र र प्रजातन्तमा विश्वास राख्ने विश्व भरिनै छरिएर रहेका आस्थावान नेपाली काङ्ग्रेसलाई एकतिन्त्र गर्न र प्रवासका नेपालीहरुले भोगेका समस्याको सम्वोधन र समाधानका निमित्त सञ्जालले अहंम भूमिका खेल्ने विश्वास लिइएको छ । 

 

नेपाली काङ्ग्रेसको विश्व सञ्जाल अर्न्तगत रहेको युरोप समितिले सञ्जाललाई चुस्त बनाउन सल्लाहकार सहित विशेष जिम्मेवारी र कार्य विभाजनको सूचि तयारीमा अभ्यास गरिरहेको बताइएको छ ।

 

"

प्रतिक्रिया दिनुहोस्