स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ ।
नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएपछि सरकारले सजकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एकै दिन २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै तेस्रो लहर छिटै आउन सक्ने संकेत देखिएको हो ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र फैलिन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । विभाग अन्तर्गतको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय र प्रदेश सरकारलाई सात बुँदे निर्देशन नै दिएको छ ।"
नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी व्यक्ति र उनीसँगको सम्पर्कमा आएका व्यक्तिमा नयाँ भेरियन्ट रहेको पुष्टि भएको छ ।