सांसद रेणुकुमारी गुरुङले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिन् ।
बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले संविधान संशोधनमा मधेशका माग पनि समेट्न माग गरेका छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्शा अद्यावधिक गरेकाले निशान छाप संशोधन गर्नुपर्ने भएको र त्यसका लागि संविधान नै संशोधन आवश्यक भएको हो ।