नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिबारे केही दिनमै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए पनि सत्ता साझेदार दल एमाले राष्ट्रपति पद आफ्नो पोल्टामा पार्ने कसरतमा छ । राष्ट्रपति पदको उम्मेदवारका विषयमा सत्ता साझेदर दलहरुबीच कसैको पनि एकैखाले धारणा बनाइसकेका छैनन् । र सत्ता साझेदार दलहरुबाट एकल उम्मेदवार बन्ने सम्भावना पनि कमजोर देखिएको छ । जसका कारण सत्ता गठबन्धन संकटमा परेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर उक्त निर्णयप्रति आलोचना पनि शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।