नेपाली कांग्रेसको १४औं महाधिवेशन त्यति व्यवस्थित नभएको गुनासो आएको छ । मतदान प्रक्रिया र संचारकर्मीमाथिको दुव्र्यवहारले महाधिवेशन व्यवस्थित नभएको बुझिएको छ । सोमबार विहान ८ बजे मतदान सुरु हुने समय निर्धारण गरिएको मतदान तीन घन्टापछि मात्र शुरु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र लेख्दै निर्मल निवासबाट भएको हस्तक्षेपको छानविन गर्नुपर्ने आवाज उठाएका छन् ।
नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो । अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरूको पहिलो वरियतामा युवराज ज्ञवाली छन् ।
काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।