प्रदेश २ को नाम मधेश प्रदेश कायम भएको छ । प्रदेशको नामाकरणसम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरसको महामारी देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना रोकथामका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।