नेपाल विद्यार्थी संघ एडभान्स कलेज अफ इन्जिनियरिङ् एण्ड मेनेजमेन्ट बल्खुका विद्यार्थीहरुले ट्राफिक व्यवस्थापनमा सहज बनाउन आफ्नै खर्चमा जेब्राक्रस तयार गरेका छन् ।""
स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा (एकीकृत समाजवादी(का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल सन्तुष्ट छैनन् । मत परिणामपछिका उनका अभिव्यक्तिहरुले नेकपा एसलाई विभाजनतिर लाने हो कि भन्ने आशंका पनि पैदा गरेको छ ।
नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । मंगलबार पार्टीको तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।