लकडाउन केही खुकुलो हुनसक्ने भन्दै सर्वसाधारणको गतिविधि बढ्न थालेपछि प्रहरीले लकडाउनलाई थप कडा बनाएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याएर २५ वैशाखसम्म कायम गर्ने निर्णय गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाको नेतृत्वमा सयौं गाडी तथा मोटरसाइकल, एम्बुलेन्स, अत्यावश्यक वस्तु वोक्ने सवारी साधनहरुलाई स्यानिटाइज गरिएको छ ।
विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरुसमेत सहभागी कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ ‘मोडेल’मा जानुपर्ने निष्कर्षसहितको सुझाव दिएको थियो ।