निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गराउन जुटेको छ । आयोगले एकैपटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस पनि गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासिहत मन्त्रीहरुलाई भेटेर आयोगका पदाधिकारीले उक्त मिति प्रस्ताव गरेका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति प्रस्ताव गरिएको कुरा विज्ञप्तिमार्फत जनाएका छन् ।
सर्वोच्च अदालतले कुख्यात अपराधी चाल्स शोभराज गुरुमुखलाई थुनामा राखिएको सम्बन्धमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । नेपालमा विदेशी पर्यटकको हत्या गरेको अभियोग प्रमाणित भएपछि उनी जेलमा छन्।
निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको हो ।
सर्वोच्च अदालत प्रशासनको एक्सनले कानून व्यवसायी आक्रोशित