धरान डे लगायतका कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय टेम्पोमा चढेर यात्राको मजा लिएका छन् ।
नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र बर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नौं वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठक भागवन्डा मिलाएको छ । फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाको २० सिटका लागि गठबन्धनले भागभन्डा टुङ्याएको हो ।