सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।
नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेको छ। ‘६३औं टिबेटन अपराइजिङ डे’ का अवसरमा विहीबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरण पत्र लेख्दै तिब्बतीयन आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन ।
सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो ।
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाउने तयारी पनि गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।