बेलायतस्थित कृयाशिल पत्रकारहरु तथा १६ भन्दा बढि संचार गृहहरुले गरेको स्वागत तथा अन्तरक्रियामा राजदूत आचार्य उक्त जानकारी दिएका हुन् । उनले गोर्खा वार्तालाई उच्च प्राथमिकतामा राखेको बताए । राजदुत आचार्य नेपाल सरकारका तर्फबाट बेलायतसँग वार्ता गर्ने टोलीका संयोजक हुन्
अन्ततः अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)पारित हुने प्रक्रियामा अघि बढेको छ । मन्त्रिपरिषद्को बैठकले एमसीसीको व्याख्यात्मक घोषणा पारित गरेसँगै पारित हुने संकेत देखिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई तोडेर भए पनि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने तयारी अगाडी बढाएका छन् । विशेषगरी नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमसीसी पास गराउन सहयोग गर्ने बचन दिए पनि पछिल्लो समय उनीहरुले बोली फेरेपछि देउवा नयाँ रणनीतिमा अघि बढेका हुन् ।
रूस र युक्रेनबीचको तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । बुधबार मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो ।अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।