नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।
ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि ७ विकेटको सानदार जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ ।
घरेलु टोली केन्याविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपालले सहज जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार नेपालले केन्यालाई ५ विकेटले हराएको हो । केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्ने पक्का भएको छ ।