गैर आवासीय नेपाली संघको संस्थापन पक्षले नै संस्थालाई फुटाउने निर्णय गरेको छ। कामचलाउ अध्यक्ष कुमार पन्त विधान विपरित जम्मा २ दिनको सूचना दिएर बुधबार बोलाइएको बैठकलाइ अधिकांश पदाधिकारी तथा सदस्यहरुले बहिष्कार गरेका थिए। १४० बढी आइसीसी सदस्यहरु रहेकोमा ५० भन्दा कम सदस्यहरु मात्रै बैठकमा सहभागी भएको विश्वस्त सूत्रले जनाएको छ।
“उच्चस्तरीय समितिले आफ्नो कार्य सम्पादन गरिरहेका बेला आइसीसीको औपचारिक निर्णय विना अध्यक्ष पन्तले एकपक्षीय रुपमा विवादित सूची निर्वाचन समितिलाइ पठाउने काम दुर्भाग्यपूर्ण छ,” आइसीसीका मानार्थ सदस्य शनि कुमार ओलीले भने। ‘यस्तो कदमले संस्थालाई विभाजनतर्फ लैजान खोजेको छ।”
गैर आवासीय नेपाली संघ (एनआरएनए)आइसीसीका सल्लाहकार एवम दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले युक्रेनमा रहेका सबै नेपालीहरुको सुरक्षा गर्न र सकुशल उद्धारको व्यवस्था मिलाउन अपील गरेका छन् ।
उच्च अदालत पाटनमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने उद्देश्यले निर्वाचन कार्यक्रमको कथित घोषणाको संघकै वरिष्ठ पदाधिकारीहरुले कडा आलोचना गरेका छन्।