बिज एजुकेशनले गरेको अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउन्ड प्रदान गरेका हुन् ।
गोर्खा सैनिकहरुको लागि लड्दै आएको गोरखा भुतपुर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गेसोका संरक्षक पदम बहादुर गुरुङले नेपाली भुमिबाट तत्काल ब्रिटिस क्याम्प नहटाएसम्म सार्वभौमसत्ता नरहने टिप्पणी गरे ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको दुई दशक यता नेतृत्व चयनमा नाटकीय सहमति बनेको छ । अध्यक्षमा मात्र एकै पटक तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका छन्। सोमबार अपरान्ह संघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा.बद्री केसी तथा रबिना थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ दिलाएका हुन्। नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए।