सात बर्षीया अन्जलीलाई बचाउन कुनाल राईको टोलीले थाल्यो आर्थिक संकलन - दर्पण संसार

सात बर्षीया अन्जलीलाई बचाउन कुनाल राईको टोलीले थाल्यो आर्थिक संकलन

काठमाडौं । दुवै मृर्गौला फेल भएर उपचारका लागि आर्थिक अभावले छटपटाइरहकी सूर्योदय नगरपालिका–१० की सात बर्षीया अन्जली तामाङका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

दैनिक जयालादारी गरेर परिावार पालिरहेका बाबु टिकारामलाई छोरीको उपचारमा समस्या भएपछि आर्थिक सहयोग मागेका थिए ।

विगत ६ बर्षदेखि प्यारालाइसिसले थलिएकी श्रीमती र तीन सन्तानका बाबु टिकारामलाई डाक्टरले एक बर्ष अघि नै अञ्जलीको किड्नीले काम नदिएका बताए पनि उनले उपचार गर्न सकेका थिएनन् ।

स्थानीय समाजसेवी तथा चौधरी ग्रुपमा कार्यरत कुनाल राईको अगुवाइमा अन्जलीको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ । रकम संकलन अभियान सुरु गरेका राईले ६३ हजार रुपैंयाँ बढी संकलन गरिसकेका छन् भने मनकारी ब्यक्तिहरुले रकम जम्मा गरिरहेका छन् ।

‘सुनौलो भविष्य बोकेकी एउटी चेलीलाई बचाउनु हामी सबैको दायित्व हो, सकेको सहयोग गरौं र अन्जलीलाई चाँडै स्वस्थ्य बनाऔं भन्ने अभिलाषाले नै हामी जुटेका हौं,’ राईले भने,‘विश्वभर छरिएका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन हाम्रो अनुरोध ।’

अन्जलीको यतिबेला खुट्टादेखि टाउकोसम्म पुरै सुनिएको छ । मेची अञ्चल अस्पताल झापाले रिफर गरेपछि विराट नर्सिङ होम अस्पताल विराटनगरमा उनको उपचार भइरहेको छ ।

देख्दा मोटाए जस्तो लाग्ने अञ्जली एक बर्षदेखि पीडामा थिइन । शरीरमा तागत शुन्य प्राय छ । करफोक माध्यमिक विद्यालयमा कक्षा २ मा पढ्ने अञ्जली एक बर्षदेखि स्कुल जान सकेकी छैनन् ।

भत्किसकेको झुप्रोमा ओत लागिरहेका टिकारामको जग्गाजमिन पनि छैन । त्यसैले उनलाई यतिबेला छोरी कसरी बचाउने भन्ने चिन्ता छ ।

६ बर्षदेखि एउटा गोडा नचल्ने श्रीमती सुमित्रालाई घर भित्रबाहिर गर्नै समस्या छ । छोरीको पीडाले उनलाई झनै कमजोर बनाउँदै छ । त्यसैले टिकाराम अहिले छोरी बचाउन चन्दा माग्न व्यस्त छन् । टिकारामलाई छोरीको किड्नी जोगाउन लाग्ने रकमको अत्तोपत्तो छैन ।

उनी भन्छन, ‘लाउला खाउला उमेरकी छोरीको ज्यान जोगाउन मनकारीहरुको सहयोगको आश गरेको छु ।’

तामाङ परिवाले छोरीको ज्यान बचाउन सहयोग संकलनका लागि इलामको फिक्कल स्थित कृषि विकास बैंकमा खाता समेत खोलेका छन् ।

तामाङले कृषि विकास बैकको खाता नम्बर ०६०१००१६२९६४६०११ अर्थात कुनाल राई, नविल बैंक, पुल्चोक(ललितपुर)को खाता नम्बर १९१००१७५११३९५मा चन्दा जम्मा गरेर छोरीको ज्यान बचाइदिन आव्हान समेत गरेका छन् । आवश्यक परे ९८४१९८९६१६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

अन्जलीको ज्यान बचाउन कुनाल राईको अगुवाइमा सन्तोष राई, रचना राई, भूषण गौतम, लोकेश प्रधानलगायतका युवाहरुले आर्थिक संकलनको सहजीकरण गरिरहेका छन् ।

त्यसै अन्जलीको उपचार खर्च जुटाउन स्थानीय सामाजिक अगुवा तथा शिक्षासेवी युवराज बाशिष्ठ, अग्रज पत्रकार केदार शर्माले सल्लाहकारका रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।

"

प्रतिक्रिया दिनुहोस्