काठमाडौंमा कोरोना संक्रमणको जेखिम, थप १२ जनामा संक्रमण देखियो - दर्पण संसार

 काठमाडौंमा कोरोना संक्रमणको जेखिम, थप १२ जनामा संक्रमण देखियो

काठमाडौं । काठमाडौंमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पताल महाराजगञ्जनमा गरिएको परीक्षणका क्रममा ४ जना महिला तथा ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।

सोमबार काठमाडौंमा ६, ललितपुरमा १ र भक्तपुरमा १ गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलवार काठमाडौंमा मात्रै १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौमा जोखिम बढेको अनुमान गर्न थालिएको छ ।

मंगलवार मुलुकभर ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्