‘सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो) - दर्पण संसार

‘सेल्फी हानौँला’ गायकको ‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत रिलीज भएको छ ।

गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन् ।

‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ ।

एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ ।

यो भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ।

आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ ।

‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।

यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

https://www.youtube.com/watch?v=wI2kR7CfWKI&feature=youtu.be

 

प्रतिक्रिया दिनुहोस्