‘डा.वोधराज सुवेदीमा कुनै स्वार्थ छैन, भ्रम छर्नेलाई कारवाही होस’ - दर्पण संसार

‘डा.वोधराज सुवेदीमा कुनै स्वार्थ छैन, भ्रम छर्नेलाई कारवाही होस’

एनआरएनए तथा सामाजिक अभियन्ताहरु चिन्तित

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) पोल्याण्डका संस्थापक अध्यक्ष तथा गैर नेपाली संघका केन्द्रिय सदस्य डा.वोधराज सुवेदीको चरित्रहत्या गर्ने प्रयासप्रति सर्वत्र निन्दा गरिएको छ ।

एनआरएनएका शीर्ष नेतृत्व तथा अभियन्ता साथै विभिन्न सामाजिक ब्यक्तिहरुले डा.सुवेदीलाई विभिन्न लाल्छना लगाउँदै राजनैतिक र सामाजिक रुपमै ‘खुइल्याएर’ उनको चरित्र हत्या गर्ने भ्रामक र तथ्यहिन समाचार प्रकाशन तथा प्रशारण गरिएकोप्रति आपत्ति प्रकट गरेका हुन ।

डा. सुवेदीको चरित्र हत्या र मानहानी गर्नेगरी एक गिरोह नै परिचालन भएको उनीहरुको ठहर छ । पोल्याण्डमै बसोवास गर्दै आएका सामाजिक अभियन्ताद्वय किसन अर्याल र सुरेन्द्र आचार्यले डा. सुवेदीका बारेमा विभिन्न पत्रपत्रिकामा छापिएका समाचारप्रति गम्भिर आपत्ति प्रकट गरे । उनीहरुले तथ्यहीन समाचार लेख्नेमाथि कारवाही हुनुपर्ने माग राखेका छन् ।

‘जसले मानव तस्करका विरुद्ध आवाज उठायो , जसले पोल्याण्डमा बसोबास गरिरहेका वा त्यहाँ अलपत्र परेका नेपालीका लागि निश्वार्थ सहयोग गरिरहेका छन उसैलाई तस्कर भन्ने ?’ उनीहरुले भने, ‘सबै पोल्याण्डवासी नेपालीले यस्ता भ्रामक हल्ला फिजाउनेका विरुद्ध आवाज उठाउनु नै डा सुवेदीलाई न्याय मिल्नु हो ।’ उनीहरुले यस्ता गलत अभ्यासका विरुद्ध एक हुनु सबैमा अनुरोध पनि गरे ।

गैर आवासीय नेपाली संघ युरोपका संयोजक नारायण आचार्यले भने, ‘आफ्ना महत्वपूर्ण जिवनका थुप्रै समय नेपाली समुदायका लागि खर्च गरेका सामाजिक अभियन्ता डा.सुवदीलाई बदनामी गराउने षडयन्त्र भन्दा अरु केहि होइन । यस्ता तथ्यहिन र असत्य आरोपले डा.सुवेदीलाई असत्यका विरुद्ध लडने थप प्रेरणा मिलेको छ , हामी सबै सत्यका पक्षमा छौं।’

“डा. सुवेदी मानव तस्करीमा संलग्न” भन्ने एउटा आधारहीन तथा झुट्ठा समाचार प्रकाशित भएपछि विश्वभरका एनआरएनए अभियन्ताहरुले समाचारप्रति खेद प्रकट गरिरहेका छन् । प्रमाणवीहिन र तथ्यहिन समाचारप्रति बर्लिनस्थित नेपाली नियोगले पनि पत्रकारिताको आचार संहिता पालना गर्न संचारकर्मीहरुलाई आग्रह गरेको छ ।

डा. सुवेदीले भने मानव तस्करी विरुद्ध आफूले जोडदार आवाज उठाउँदै आएको प्रतिक्रिया दिएका छन् । उनले एक बक्तब्यमार्फत भनेका छन–‘मैले जोडदार आवाज उठाएको थिएँ। यस सम्बन्धी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको आप्रवासी उपसमितिले तयारी गरेको एक अध्ययन प्रतिवेदन समेत एनआरएनए आइसीसीका तत्कालिन अध्यक्षज्यूलाई बुझाइएको थियो र सम्मेलनमा नेपालबाट आउनुभएका विशिष्ट प्रतिनिधिमार्फत नेपाल सरकारलाई समेत एक प्रति पठाइएको कुरा स्मरण गराउँदछु।’

उनले अगाडी भनेका छन,‘ वर्षौं देखी पोल्याण्ड र अरु देशमा सम्पन्न हर कार्यक्रममा पनि मैंले ‘विदेशमा सके नेपालीहरुलाई सहयोग गरौं, नसके कम्तिमा दुःख नदिउं’ भन्ने नाराको माध्यमबाट मानव तस्करीले आप्रवासीहरुमा ल्याएका समस्याहरुको बारेमा आवाज उठाउंदै आएको छु।’

डा. सुवेदीले भने, “विगत ३० बर्षदेखि म पोल्याण्डमा रहंदै आएको छु। आफ्नो मातृभूमिदेखि धेरै टाढा युरोपको पूर्वी भागमा आएर बस्दा प्रारम्भदेखि नै मैले कसैलाई पार्टीगत, गुटगत, जातिगत वा ठूलो सानो भन्ने भावनाले नहेरी नेपाली समाजको वृहत् एकता, हकहित र कल्याणका लागि पसिना बगाएको छु। मैले सबै नेपाली साथीहरुको सहयोगबाट एनआरएनए एनसीसी पोल्याण्डलाई स्थापित र व्यवस्थित गराउन सक्दो योगदान दिंदै आएको छु ।’

तथ्यहीन र भ्रामक हल्लाको पछाडी नलाग्नुहोस : कुमार पन्त, अध्यक्ष–एनआरएनए

डा.सुवेदीलाई मानव तस्कर भनेर हल्ला फिजाइएको छ, के यो सत्य हो ? भनेर राखिएको प्रश्नमा गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तले यस्ता तथ्यहिन, प्रमाणहिन र भ्रामक हल्लाको पछाडि नलाग्न र विश्वास नगर्न सबै गैर आवासीय नेपालीहरुमा मेरो अनुरोध छ । यस्ता प्रवृतिको अन्त्य गर्नुको विकल्प नरहेको अध्यक्ष पन्तको भनाइ छ ।

के दोष लगाईदिए दोषी भइदिने हो ? सामाजिक अभियन्ताको सिप परिश्रमको मुल्यांकन हुनु पर्दैन ? एउटा निहित स्वार्थ पुरा गर्न सत्यलाई झुठ बनाई दिने ? पोल्याण्डवासी नेपालीहरू डा. सुवेदीलाई परेको अन्यायका विरुद्ध एक हुनुपर्ने कुल आचार्य र कुमार पन्त लगाएत एनआरएनए सामाजिक संघसंस्था , अभियन्ताहरूको सुझाव छ ।

कल्पनै गर्न नसकिने दोषः कुल आचार्य, पूर्व उपाध्यक्ष–एनआरएनए

डा. सुवेदी दम्पत्ती नै चिकित्सक हुन हुनुहुन्छ । आर्थिक प्रलोभनमा परेर मानव तस्करीमा लागेको भन्ने हल्लाले म अचम्ममा परेको छु । पोल्याण्डवासी नेपाली समुदायको लामो सहयोगी र अभिभावक भएर समाजसेवा गरिरहेका डा सुवेदीलाई पुरस्कृत गर्नुपर्ने बेलामा यस्तो कल्पना पनि गर्न नसक्ने दोष लगाउनु अक्षम्य भएकोले चरित्र हत्यामा संलग्न सबैलाई कानुनी कार्रवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने जिकिर गैर आवासिय नेपाली संघका पूर्व उपाध्यक्ष कुल उपाध्यक्षले दर्पण संसारलाई टेलिफोन संवादमा भने ।

यो प्रपञ्च होः दुर्गा मास्के,सामाजिक अभियन्ता–पोल्याण्ड

कसैलाई सरापेर आफू राम्रो भइदैन । अरुलाई दोषी बनाएर आफ्ना इच्छा पुरागर्नेको न हिजो भलो भयो न भोलि उनीहरू खुशी रहन्छन । डा. वोधराज सुवेदीलाई म ३० वर्षदेखि चिन्छु । उहाँलाई तस्कर र खराब भन्नेहरु राजनैतिक रूपमा उहाँलाई विचलित बनाई सामाजिक रूपमा डा।सावलाई खुइल्याउने प्रपञ्च भन्दा अन्य नाटक होइन यो । मलाई ज्यादै दुःख लागेको छ । मास्के विगत ५० वर्षदेखि पोल्याण्डमा बसोवास गर्दै आइरहेका छन् । नेपाली समुदायमा इमान्दार छवि बनाएका जेष्ठ नेपाली नागारिक हुन मास्के ।

"

प्रतिक्रिया दिनुहोस्