५३ जनाको कोरोना पुष्टि, ३५७ पुग्यो कुल संक्रमितको संख्या - दर्पण संसार

५३ जनाको कोरोना पुष्टि, ३५७ पुग्यो कुल संक्रमितको संख्या

काठमाडौं । थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।

उनका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो ।

"

प्रतिक्रिया दिनुहोस्