१४ औं महाधिवेशनमा सर्वसम्मत सभापति चयन हुने अवस्था छैन : सिटौला - दर्पण संसार

१४ औं महाधिवेशनमा सर्वसम्मत सभापति चयन हुने अवस्था छैन : सिटौला

काठमाडौं  / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आगामी १४ औं महाधिवेमा सर्वसम्मत सभापति चयन हुने अवस्था नरहेको बताएका छन ।

पार्टीको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्बर १ अन्तर्गतको मेची अञ्चलका नेता कार्यकर्ताहरुसँगको जुम प्रशिक्षणका क्रममा नेता सिटौलालेआगामी महाधिवेशनमा सर्वसम्मत नेत ाचयन हुने अवस्था नभएको बताए ।

‘अहिलेको अवस्थामा आगामी महाधिवेशनमा सर्वसम्मत नेता चयन हुन्छ की भन्ने पनि होला तर मैले त्यस्तो अवस्था देखिराखेको छैन,’ सिटैलाले भने ।
उनले निष्पक्ष ढंगबाट महाधिवेशन सम्पन्न हुनेमा समेत शंका उत्पन्न भएको बताए ।

पार्टीका केन्द्रिय पदाधिकारी, जिल्ला नेतृत्व साथै आम कार्यकर्ताहरुले नै आगामी महाधिवेशन निष्पक्ष हुन नसक्ने बताइरहेका बेला यसतर्फ सबै सचेत हुनुपर्ने उनले भनेका छन ।

‘महाधिवेशन जति ढिलो हुँदैजान्छ पार्टीलाई उत्तिनै कठिनाइ हुने भएकाले कार्यकर्ताको भावना अनुरुप महाधिवेशन सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘बर्तमान नेतृत्वले तल्लो स्तरसम्मका कार्यकर्ताहरुलाई समेट्न नसकेकाले महाधिवेशनबाट स्पष्ट मूल्यांकन हुनेछ ।’

नेता सिटौलाले पार्टीलाई नवजीवन दिनु आवश्यक रहेको भन्दै यस्तै तरिकाले पार्टी नचल्ने समेत बताए ।

अबको नेतृत्वले युवा र बामपन्थीलाई मत दिएका जनताको मन जित्न र देशको संरक्षक बन्न जरुरी रहेको उनले औल्याएका छन । उनले तुरुन्तै केन्द्रिय समिति बैठक डाकेर महाधिवेशनको खाका तयार गर्न र देखिएका समस्या समाधान गर्न जरुरी रहेको समेत बताए ।

फरक प्रसंगमा नेता सिटौलाले कम्युनिष्ट सरकार शासन प्रणालीलाई अधिनयावादतर्फ उद्दत रहेकाले यसलाई रोकेर लोकतान्त्रिक शासन ब्यवस्थालाई स्थापित गर्न कांग्रेसको भूमिका महत्वपूणर् हुने बताए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न पार्टीलाई प्रविधिमैत्री बनाउँदै युवाहरुलाई आकर्षित गर्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य भिष्मराज आङदम्बे, सरिता प्रसाइँ, नेता केशव कुमार बुढाथोकीलगायत ताप्लेजुङ, पाँचथर, इलाम र झापाका नेताहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्