११ सय ७० जना कोरोना संक्रमित थपिए - दर्पण संसार

११ सय ७० जना कोरोना संक्रमित थपिए

काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० जना कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । यस्तै हालसम्म ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन ।

हाल देशभर १५ हजार ३ सय ९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुर २९ गरी जम्मा ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर हालसम्म कुल ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्