स्वास्थ्यको कारण देखाउँदै जापानका प्रधानमन्त्रीद्वारा राजीनामाको तयारी - दर्पण संसार

स्वास्थ्यको कारण देखाउँदै जापानका प्रधानमन्त्रीद्वारा राजीनामाको तयारी

काठमाडौं । स्वास्थ्यको कारण देखाउँदै जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिने घोषणा गरेकाछन् ।

प्रधानमन्त्री आवेले राजीनामा दिन लागेको खबर जापानीज सञ्चारमाध्यमहरुले लेखेका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारका लागि अस्पताल भर्ना हुनुभएको समाचारमा जनाइएको छ ।

आफ्नो स्वास्थ्य अवस्था बिग्रिएकाले त्यसको असर सरकार सञ्चालनमा नपरोस् भनेर राजीनामा दिन लागेको उनले बताएका छन् ।

यसअघि अस्पताल भर्ना भएलगत्तै आवेको स्वास्थ्य अवस्थाका बारेमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । यद्यपी, ६५ वर्षका प्रधानमन्त्री आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका कामहरु गरेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हभएका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने ।

 

 

 

प्रतिक्रिया दिनुहोस्