सेप्टेम्वर १९ बाट कोराना आतंक अन्त्य : क्षमता ढकाल - दर्पण संसार

सेप्टेम्वर १९ बाट कोराना आतंक अन्त्य : क्षमता ढकाल

 

सामाजिक सञ्जालमा पछिल्लो पटक निकै चर्चामा आएकी ट्यारो कार्ड रिडर लाई आफ्ना शुभचिन्तकसंग भ्याई नभ्याई छ । चलचित्र निर्मात्री समेत रहेकी चलचित्र व्यवशायी ढकाल विश्व नेपाली सञ्जालमा महिला सामाजिक अभियन्ता कि रुपमा परिचय बनाई सकेकी छिन र यसका अलावा एष्ट्रोलोजी र ट्यारो रिडरमा उनको भविष्यवाणी मिल्न थालेपछि उनको व्यस्तता ह्वात्तै बढेको हो ।

संसारनै कोरोना संक्रमणका कारण आक्रान्त भईरहदा उनको भविष्यवाणीले राहत मिलेको उनका शुभचिन्तकहरु बताउँछन । सेप्टेम्बर २०२० को १९ तारिखबाट कोभिड १९ को असर मानव समुदायबाट हराएर जाने उनको बलियो अनुमान छ ।

एनआरएनए वृतमा वलियो पक्कड राख्ने उनी सामाजिक त्रियाकलापमा सक्रिय र निडर वक्ताको रुपमा पनि चिनिन्छिन । लण्डनबाटै ट्यारो कार्डका माध्यमबाट संसारभर नै उनले आफ्नो सेवा दिदै आएकी छिन । नेपाली समुदायमा नितान्त नौलो भूत , भविष्य र वर्तमान वताउने यो प्रविधि पाश्चात्य मुलकमा भने प्रचलित छ ।

ट्यारो कार्डबाट भविष्य थाहा पाउन प्रत्यक्ष भेटघाट वा सम्वन्धित व्यक्तिको व्यत्तिगत विवरण भनेर फोनबाट पनि यो सेवा लिन सकिने उनको भनाई छ । अधिकांश शुभचिन्तकहरु फोनबाटनै उक्त सेवा लिइरहेका छन ।


नेपालको पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै केही अगाडि गन्तब्य नेपालले अभयन्ता अवार्ड २०१९ बाट ढकाललाई सम्मान गरेको थियो । अहिलेका दिनहरुमा उनी आफ्ना व्यवशायका अलावा राजनीति र समाजसेवामा सक्रिय छिन ।

प्रतिक्रिया दिनुहोस्