सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजीमा ५० सैनिक परिचालन - दर्पण संसार

सिन्धुपाल्चोक पहिरोमा बेपत्ताको खोजीमा ५० सैनिक परिचालन

काठमाडौं / सिन्धुपाल्चोकको बाह्रबीसेमा पहिरोमा बेपत्ता भएकाहरुको खोजिका लागि ५० सैनिक खटाइएको छ ।

सैनिक मुख्यालयका अनुसार नाकुचे (गुमथाङ्ग), डाँडागाउंँ, नेवार टोल र विकटोलमा पहिरोमा बेपत्ता भएकाहरुको सेनाले खोजि गरिरहेको छ ।
सो विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा ११ जनाको शव फेला परिसकेको छ भने २० जना अझै बेपत्ता छन ।

सैनिक मुख्यलयका अनुसार बेपत्ताहरुको खोजीका लागि सुरक्षा बेश बाह्रविसेबाट २५ जना, खोराङगबाट १० जना खटिएका छन भने १५ जनाको टोली तयारी अवस्थामा राखिएको छ ।

सेनाको गोरख बक्स गणले आइतबार बिहानैदेखि खोज तथा उद्धार कार्य जारी राखेको र पहिरोबाट २२ घर पूणर् रुपमा क्षति भएको तथा घाइते ३ जनालाई उपचारको लागि बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्