शिवमायालाई सांसद नविना लामाको साथ ! - दर्पण संसारंसार

शिवमायालाई सांसद नविना लामाको साथ !

काठमाडौं। अखिलकी पूर्व अध्यक्ष तथा संघीय सांसद नविना लामाले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउनु पर्ने भन्दै नेकपाको नेतृत्वमा भालेवादी चिन्तन हावी भएको बताएकी छिन्।
नेकपा भित्र प्रधानमन्त्री केपी ओली निकट भनेर चिनिएकी नेतृ लामाले सामाजिक सञ्जालमा बिचार राख्दै सभामुखको बारेमा यस्तो लेखेकी हुन्।
लामाले भनेकी छिन्, ‘विद्यावारिदी गरेको, कानून व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्टको आन्दोलन, संघर्ष जेलनेल सवै त्यागेर राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडगमगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निश्र्कर्ष निकाल्नु पर्छ ।’
नेकपा भित्र उनलाई उपसभामुखबाट राजिनामा दिने सचिवालयको निर्णयसगै उनको समर्थनमा महिला नेतृहरु चर्को रुपमा उत्रिएका छन्। सभामुख कसलाई बनाउने भन्नेबारेमा प्रधानमन्त्री, राष्ट्रपति र प्रचण्डका आआफ्नै उम्मेदवार हुदाँ सभामुखबारेमा नेकपा टुग्गोमा पुग्न सकेको छैन् । लामाको स्टाटसमा धेरैले समर्थन जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्