वीरगन्जका नगरप्रमुख विजय कुमार सरावगीलाई कोरोना संक्रमण - दर्पण संसार

वीरगन्जका नगरप्रमुख विजय कुमार सरावगीलाई कोरोना संक्रमण

वीरगन्ज । कोरोना भाइरस ‘कोभिड–१९’ को ‘हटस्पट’ बनिरहेको पर्सामा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी पनि संक्रमित भएका छन् ।

सरावगीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । आफ्ना आफन्त, शुभचिन्तक तथा आम नगरवासीलाई उनले फेशबुकमा मार्फत जानकारी गराएका छन् ।

‘आम नगरवासीको स्वास्थ्यको ख्याल गर्दा गर्दै आफैं संक्रमित भएँ,’ उनले लेखेका छन् । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उनले चाँडै कोरोना जितेर पुनः काममा फर्कने पनि बताएका छन् ।

‘कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ’, तर म चाँडै निको भएर पुनः नगरवासीको हितको लागि काम गर्नेछु ।’ उनले भनेका छन् छन् ।

प्रतिक्रिया दिनुहोस्