विवाहमा सहभागी दुलाहासहित १५ जनामा कोरोना संक्रमण - दर्पण संसार

विवाहमा सहभागी दुलाहासहित १५ जनामा कोरोना संक्रमण

एजेन्सी । भारतको राजस्थानमा एक विवाह समारोहमा सामेल भएका २५० जनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजस्थानको भिलवाडामा भएको विवाह समारोहमा सहभागी दुलहाका हजुरबुवाको कोरोनाका कारण मृत्यु भएपछि विवाहमा सहभागीहरुको कोरोना परीक्षण गरिएको हो ।

भारतमा विवाह समारोहमा ५० जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको भएपनि उक्त नियमको बेवास्ता गर्दै विवाह समारोहमा २५० जना सहभागी भएका थिए ।

संक्रमण पुष्टि भएसँगै दुलहा र उनका पितासहित १५ जनालाई ‘आइसोलेसन वार्ड’मा भर्ना गरिएको छ भने अन्य १२७ जनालाई ‘क्वारेन्टिन’मा राखिएको छ ।

यसैबीच, राजस्थान सरकारले विवाह समारोहमा सहभागी कोरोना संक्रमितको क्वारेन्टिनको खर्च दुलहा पक्षलाई व्यहोर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्