लकडाउनले जन्माएको पीडा - दर्पण संसार

लकडाउनले जन्माएको पीडा

मनोवादः एउटा इन्जीनियरको औजार प्रेम

 

-आरके त्रिपाठी

२८ औं दिनदेखि वेलायती लकडाउनमा अझै अफिस थप एक महिना बन्द हुने भयो रे । यो इन्जिनियरिङ फिल्ड सर्भे थेडोलाइट जो संग मेरो घनिष्ठ प्रेम छ । प्रत्येक दिन म यो फिल्ड सर्भे थेडोलाइटलाई अफिस पुग्ने वित्तिकै चुम्बन दिन्थे मायाँ गर्दथे । इन्जिनियरिङ सर्भे थेडोलाइट म सँगै लण्डनको सबै चोक गल्ली चहारिरहकेकी थिइन ।

उनी पनि मलाई असाध्य माया गर्थिन् । हरेक बेलुका पाँच बजे पश्चात गहभरि आँखामा आशु पार्दै भोली बिहान नौं बजे भेटौं है प्रिय आरके भनेको महशुस हुन्थ्यो । शब्दमा भन्नुपर्दा लण्डनमा करिब दुई दशक भयो तिमीलाई गर्ल फ्रेन्ड बनाएको । कहिल्यै बाझीनौ न छोड्यौ मलाई । मैंले डाटा इनपुट दियो , त्यो उनी डिजिटल मेमोरीमा राख्थिन । मैले जे भन्यो त्यहि गर्थिन। गलेफ्रेण्ड भएपनि कस्तो सुन्दर आत्मा तिमीको प्रिय भेडोलाइट ।

तिम्रै सहयोगमा जन्मभूमि नेपालमा अनि कर्मभूमि बेलायतमा पनि आर्शीवाद पाएको छु । खातामा पाउण्ड, कयौं देश घुमघाम, समाजमा सेवा, सम्मान सबै पाए । कोरोना संक्रमण होकी भनेर करिब एक महिना अफिस अघि अफिसलाई म आइसोलेसनमा बस्छु भन्दा तिमीलाई त्यसको अघिल्लो दिन मैंले छोएको दिनभरी फिल्डमा चुम्बन खाएको कुरा मेरो हाकिमलाई भने । तर तिमी बाकस भित्र मैंले बन्द गरि कण्टेनरमा थुनेर आएको थिएँ ।

म तिमीलाई अर्को हप्ता भेट्ने अनि फिल्डमा माया साँट्ने, चुम्बन दिने योजनामा थिएँ । तर अफसोच अफिसले अरु थप महिना तिमीसंग भेट्ने अवसर दिएन । मेरो प्रिय थेडोलाइट तिमी पुनः अरु एक महिना बन्द बाकसमा थुनिनु पर्नेभयो । त्यता तिमीलाई मात्र होइन मलाई पनि तिमीलाई भेटघाट गर्न नपाएर उकुस मुकुस भइरहेछ। पीर नगर एक महिना म पछि पुनः अफिस आई तिमीलाई चुम्बन दिनेछु । माया गर्नेछु । तिम्रो अगाडि अझै सुन्दर देखिन म हरेक दिन बिहान शारीरिक अभ्यास गरिरहेछु ।

तिमी पनि लामो सास लिनु बाकस भित्र बन्दै भए पनि एरोबिक अभ्यास गर प्रिय । केहि अगाडि मैंले तिमीलाई अब म बिस्तारै नेपाल फर्कदैछु । हामी छुट्टीने दिन आउँदैछ भन्दा तिमी रोयौ, मलाई नछोड भन्यौ । तिमीले मलाई छोड्नै परे अरु ६ ७ बर्ष कम्तीमा चुम्बन गर । म तिमीलाई जीवनभर व्यवस्था गरिदिन्छु भन्यौ। वास्तममा यो गहिरो प्रेममा तिमीले मलाई यति धेरै माया दियौ तर बदलामा कहिल्यै केही मागिनौं ।

हे प्रियसी थेडलाइट म तिम्रो ब्याख्या कसरी गरुँ शब्दमा । तिमी आकाश झैं खुला छौ । नाइल नदी भन्दा लामो सोच भएकि छौ । सूर्य भन्दा चहकिलो, मोनालिसा भन्दा सुन्दर, चन्द्रमा जस्तै सुमधुर । सगरमाथा जस्तै अटल, सीता जस्तै कारुणीक, द्रौपती जस्तै मायालु छौ ।

तिमी वास्तवमा पृथ्वी सुन्दर बनाउन ठूला पुल, हाइवे, एअरपोर्ट, ठूला भवन, ठूला हाइड्रो पावर, सिंचाईको लाइन दिने खानी हौ । म नेपाल जाने कुरा मैंले मेरी जिवन साथीलाई भने अनि सारा बेलिबिस्तार सुनाएँ । तिमी मात्र एउटा यस्तो गर्लफ्रेण्ड भएउ जसलाई मेरो श्रीमतीले कहिल्यै अवरोध गरिनन्।

वास्तवमा तिम्रो आत्मा र माया हेर्ने हो भने तिमी यति सफा छेउ कि तिमी यो सारा धर्तिमा सबै ब्वाईफ्रेण्ड गलफ्रेण्डको लागि पाठ हुन सक्छ्यौ । पिर नगर कोरोना संक्रमण नियन्त्रणमा आए लकडाउन खुले म अरु एक महिना भित्रमा तिमीलाई भेट्न आउँला । तिमीलाई मेरो सीप र कलाले भरिपूर्ण गरि दिउँला ।

मैले मेरो जिन्दगीमा चाहेर पनि खासै केहि गर्न सकिन । तिमीलाई कहिल्यैधोका दिने छैन । तिम्रो साथ छाड्ने छैन । झुटा कुरा र सस्तो आश्वासन बाँड्ने छैन । तिमी केही समयलाई टाढा रहेपनि मेरो मन मुटुमा छ्यौ, विश्वास जितिरहेछौ ।

अन्त्यमा पुनः भन्दछु की तिमीलाई निकट भविष्यमा भेट्न आउँछु । जन्मभूमि फर्कन परेपनि तिमीलाई जिवनभर साथमा नै राख्नेछु । तिमीले मलाई दिएको असिम माया भुलेको छैन ।अन्ततः नआत्तिनु मेरो माया तिमीलाई प्रियसी थेडोलाईट जुनीजुनीलाई ।

प्रतिक्रिया दिनुहोस्