राष्ट्रिय ध्वजाबाहक विमान चार्टर्ड गरी स्वदेश फर्किए १६५ भारतीय नागरिक - दर्पण संसार

राष्ट्रिय ध्वजाबाहक विमान चार्टर्ड गरी स्वदेश फर्किए १६५ भारतीय नागरिक

काठमाडौं । भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले बुधबार दिउँसो उनीहरुलाई काठमाडौंबाट फिर्ता लगेको हो ।

यो चार्टर्ड उडान नेपालस्थित भारतीय दूतावासले गरेको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपालमा लकडाउन शुरु भएपछि भारतले पहिलोपटक आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश फर्काएको हो ।

एयर इण्डियाको चार्टर्ड उडानमार्फत १६५ भारतीय नागरिक स्वदेश फर्किएको प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिए ।

यो अवधिमा ३५ भन्दा बढी चार्टर्ड उडान भएका छन् । सरकारले चैत ११ गतेदिख देशभर लकडाउन गरेको छ । पछिल्लो पटक जेठ २० सम्म लकडाउनको समयावधि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्