राष्ट्रपतिको ट्विट: ‘कोरोना’बाट बच्न आवश्यक उपायहरू अवलम्बन गरौं' - दर्पण संसार

राष्ट्रपतिको ट्विट: ‘कोरोना’बाट बच्न आवश्यक उपायहरू अवलम्बन गरौं'

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले शनिबार ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गरेकी हुन ।

राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ ।”

 

प्रतिक्रिया दिनुहोस्