राप्रपालाई बैकल्पिक शक्ति बनाएरै छाड्छौं : कमल थापा - दर्पण संसार

राप्रपालाई बैकल्पिक शक्ति बनाएरै छाड्छौं : कमल थापा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा पार्टीलाई भरोसायोग्य बैकल्पिक शक्ति बनाएरै छाड्ने बताएका छन ।

आइतबार पार्टीका जनवर्गीय संगठनका पदाधिकारी सहित सदस्यहरुसँगको भर्चुअल बैठकमा थापाले पार्टीलाई आगामी निर्वाचनमा भरोसाायोग्य बैकल्पिक शक्ति बनाएरै छाड्ने बताए ।

‘राप्रपालाई युवा शक्तिको बलबाट उठाएर मुलुकको भरोसायोग्य बैकल्पिक शक्ति बनाएरै छाड्छौं, राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्छ,’ अध्यक्ष थापाले बैठकमा धारण राख्दै भने ।

उनले नेपालको भू-राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरेका हुन ।

त्यसका लागि राप्रपाको एकतालाई समेत चाँडो भन्दा चाँडो निश्कर्षमा पुर्याइने र मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने समेत बताए ।

थापाले पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई जनतामाझ जान समेत समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्