युकेका कागजपत्र नभएका आप्रवासीहरु लक डाउनको चपेटामा - दर्पण संसार

युकेका कागजपत्र नभएका आप्रवासीहरु लक डाउनको चपेटामा

 

बेलायतमा अन्दाजी दश लाख कागजपत्र नभएका आप्रवासीहरु लक डाउनको चपेटामा परेका छ्न । अवैधानिक आप्रबासीको स्वास्थ, खाना र आवासमा आउन सक्ने ठूलो समस्याको बारेमा आप्रवासीका लागि काम गर्ने बेलायतको एक च्यारिटी संस्थाले प्रधानमन्त्री बोरिस जोनसनलाई चेतावनी दिएका छन ।

शरणार्थीका लागि आवेदन दिएकाहरूले होम अफिसबाट प्रत्यक हप्ता ३७.७५ पाउण्ड पाउने व्यवस्था भए पनि कसरी त्यो सुविधा पाउने भन्ने जानकारी धेरैमा छैन तर यूकेको महंगीमा आवास, खाद्यान्नका लागि त्यो प्रयाप्त रकम भने होइन ।

ति ठूला संख्यामा रहेका अवैधानिक आप्रवासीहरुको वास्तविक संख्या र पूर्ण सूचना सरकारसंग छैन त्यसैले पनि सरकारले लक डाउन अवधिमा दिइने सुविधाबाट उनीहरू लाभान्वित नहुने भन्दै मानव अधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन ।

कागजपत्र नभएको कारणले ति आप्रवासीहरु स्वास्थ्य सुविधा लिन पनि डराउँछन र उनीहरू आफ्ना समस्याहरू भन्न असमर्थ रहेको भन्दै बेलायतकी एक सांसदले पार्लामेन्ट बहसमा प्रधानमंत्री वोरिस जोनसन समक्ष आग्रह गरेकी थिइन ।

बेलायतमा ठूलो संख्यामा कागजपत्र नभएका नेपाली रहेको अनुमान गरिन्छ । उनीहरूको आधारभूत सुविधा र जिवन रक्षाका लागि संवन्धित निकायले समयमै पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्