युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए - दर्पण संसार

युएईबाट २० चार्टर उडान मार्फत ३५ सय नेपालीहरु स्वदेश फर्किए

 

कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा अलपत्र परेका नेपालिहरु मध्ये ३५ सय २ जना नेपालीहरु स्वदेश फर्किएका छन् । नेपाली दुतावास अबुधावीका अनुसार गत १५ दिनको अवधिमा उनीहरुलाई उद्दार गरी नेपाल पठाईएको हो ।

कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने सरकारको निति अनुसार दुतावासको समन्वय र सहजिकरणमा प्राथमिकताका आधारमा चार्टर्ड उडान मार्फत स्वदेश फर्किएका हुन । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई ५ तारीख आइतबार सम्ममा २० वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअरअरेबियाले चार्टर उडान भरेका छन ।

सरकारले निर्धारण गरेको प्राथमिकता क्रम अनुसार पहिलो चरणमा गर्भवती महिला, कोभिड बाहेका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका, युएइमा लामो समय देखि रोजगारी गुमाएर खान बस्नै समस्या भएका नेपालीहरु नेपाल फर्काइएको दुतावास श्रोतले बताएको छ । नेपाल सरकारले लामो समय देखि रोजगारी गुमाएका, रोजगारता भागेर समस्यामा परेका र टिकट लिनै नसक्ने अबस्थामा रहेकाहरु लाई नि:शुल्क उद्दार गर्न कार्ययोजना तयार गरिरहेको हुँदा त्यस्ता पीडितहरुलाइ समेत पहिचान गरि स्वदेश फर्काइने दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्