म हारें - आर के त्रिपाठी - दर्पण संसार

म हारें - आर के त्रिपाठी

म हारें - आर के त्रिपाठी

- लण्डन I कोरोना भाइरस भयवह रुपमा संक्रमित छ। यो संक्रमण कहिले सम्म र कहाँ कति फैलन्छ बैज्ञानिक हरुले समेत फोरेकाष्ट गर्न सकेका छैनन। मेरो आदरणीय बुबा आमा यो मैले मलेखुमा २३ बर्ष अगाडी बनाएको घरमा लकडाउन मा छन । आज बिहान पुजानिय बुबा जो 84 बर्ष उमेरको हुनुहुन्छ । आमा करिब 8 0 बर्ष उमेरको हुनुहुन्छ । काठमाण्डौको बसुन्धरा स्थित घरमा मलेखु बाट जानुहोस र भाई बुहारी संग बस्नोस भने। यता बेलायतका मेरो परिवार लकडाउन । श्रीमती सिता भण्डारी NHS युके Hammersmith Hospital को सिनियर्स नर्स भएकोले हिम्मत नहारी बिरामीको सेवा गर्न प्राय दिन काममा गइरहेकी छिन । उनी पनि डराइरहेकी छिन आफैलाई संक्रमण भई संपूर्ण परिवारमा संक्रमण हुन्छ की भनेर । काठमाण्डौं मा रहेका भाई बुहारी को परिवार पनि लक डाउन ।


काठमाण्डौं मा रहेका दिदी भिनाजु भान्जा भान्जीको परिवार पनि लकडाउन । मलेखु मा आज करिब सात घरपरिवार संग बृद्ध उमेरका आमा बुबाको ख्याल गरिदिन फोन गरे। सबैको उत्तर थियो हामीहरु कोहिपनि घरबाट निक्लिएका छैनौं। बुबालाई सोध्दा आफ्नो खेतबारी बाट उब्जिएको चामल मकै भटमास दालबोडी तिल बदाम छा नुन र तेल अरु किनी राख्नु पर्ला भन्नु भयो । बुढेस कालमा मैले गर्नुपर्ने सेवाबाट चुके बुबा धिक्कार छ यो आरके त्रिपाठी को जिन्दगी र बाँच्नुको अर्थ । मेरा जिबनमा धेरै सकारात्मक जिम्मेवारी र सोच थिए लक्ष्य छन यिनै लक्ष्य क्रमश पुरा गराउन म बिगत १७ वर्ष देखि बेलायतमा भौतारी रहे अजै भनौं किन बुबा आमा आफन्त संग टाढा रही रमाइरहेछु । यसको उत्तर खोज्दा उत्तरले नेपाल फर्की नेपाल राज्य वा नेपाल आमा जन्म दिने आमबुबाको सेवाको लागी नेपाल फर्क भन्छा आदरणीय बुवाको भनाईमा अब त काठमाण्डौमा बस्ने घर भयो मलेखुमा बस्ने घर भयो। मलेखुमा पनि जग्गा जमिन खेत तिमीहरु लाई नै जोगाएर राखेको छु। बेलायतमा पनि बिगत 17 बर्ष देखि तिमी र बुहारीले पेन्सनमा राखेको पैसाले तिमीहरु लाई खान लाउन पुग्छ। अझ भन्ने हो भने बाबु मलेखुमा रहेको घरलाई सुधार गरी सानो होटल रेष्टुरेण्ट र लज बनाउ पैसा यहाँनै कमाइन्छ भन्नु भयो।

अझ बृद्ध बुबाले त तिमी सानै देखि पढाइमा अब्बल छोरो अब्बल सिभिल इन्जियर बुहारी नर्स । तिमीहरुले नेपालमा केहि गर्ने सक्छौँ बेलायतको प्रोफेशनल अनुभबले। अफ तिमी त काग्रेस पार्टीको नैतिक र सैद्धान्तिक पक्ष नेपालको संवृद्धिको लबि गर्ने नेता नै हो छोरा भन्नु भयो। बृद्ध बुबाले नेपालमा जन्मेको हिंडेको बढेको हुर्केको नेपालीपन आइकन बेलायत गएको मान्छे त नेपाल फर्कि सेवा गर्न सक्दैनौ भने तिम्रो बेलायती माटो टेकी हुर्केका पढेका बढेका छोरा छोरीले नेपाल फर्कि नेपाल आमाको सेवा गर्दछन भन्ने कुरामा म आशावादी छैन भन्नुभयो । बृद्ध बुबाको पूर्ण सार म बुढों भएँ आमा पनि बृद्ध भइन सहाराको लागी नेपाल फर्क भन्ने नै थियो।

यि कुरा हरुले मन छोयो । मन पोल्यो। आत्मा रोयो। बेलायत बाट पूर्ण रुपमा फर्कन बिगत ७ बर्ष देखि फर्कन खोजी रहेछु तर सकेको छैन। अजै भन्ने हो भने म दिन प्रतिदिन हार्दैछु। केबल दिन दिनै खान उमेर बढाउन बाँच्दैछु । म बृद्ध हुन बाँच्दैछु । बुढो हुन यहाँ बेलायतमा भौंतारेको छु। कुनै ठुलो स्परेचुयल नेताले मेरो मेरो दिमाग नभुटी मेरो नेपाल फर्कि नेपाल आमा र मेरो बृद्ध आमा बुबा लाई चाहे पनि प्रत्यक्ष सेवा गर्न नसक्ने अवस्था छ। धिक्कार छ आर के त्रिपाठी । अन्तिममा मेरो निर्णय छ म बेलायत प्रवेश गरेको दिनदेखी नै म हारी सकेको थिएँ। मैले त्यो पत्तै पाइन। बृद्ध बुबाले अत्यमा कोरोना भाइरस संसारमा कसैलाई नलागोस । सबैमा शान्ती र संवृद्ध छाओस । यो कोरोना भाइरस पूर्ण निरुपण होस भन्दै कुराको अन्यमा .यसो भन्नु भयो । बरु कोरोना भाइरस लागे म ८४ बर्षको बृद्ध लागी लागेस किनकी मरे पनि म नेपाली माटोमा मर्दैछु । तिमी र तिम्रो परिवार लागी नलागोस किनकी म तिमी र तिम्रो परिवार लाई असाध्य मायाँ गर्दछु । जानि जानी म अपबाद बाहेक बिदेशी माटोमा मर्न दिन्न । बुबाले फोनमा फेरी भन्नु भयो तिमीले अझै हिम्मत नहार तिमी नेपाल फर्केर बेलायतमा लिएको शिक्षा ज्ञान अनुभब सिप प्रयोग गरी अझै नेपालको सेवा गर्नुछ। धन संपत्ती बिलास जिबनमा क्षणिक हुन । अस्थाई हुन। आउँछन जान्छना तर तिम्रो राष्ट्र समाज प्रतिको समर्पण सदैब इतिहाँसमा रही रहनेछ ।

अत्यमा कोरोनाले हामी सबै बचाए तिमी नेपाल पूर्ण रुपमा फर्क भन्नुभयो बुबाले। कुरा गर्दा गर्दै आँखा रसायो आँसु खस्यो। मैले मेरो मायाँ पनि हजुरहरु लाई त्यतिनै छ बुबा भन्दा भन्दै फोन अफ भयो। अहिले घर भित्र जिबन यथार्थमा के हो भनि गहिरो चिन्तन मा जलेको अवस्था /मेरो बुबाको जस्तै राष्ट्रप्रेमी र राष्ट्रवादी र राष्ट्र सेवी सोच सबैमा आवस । कोरोना भाइरस संक्रमण निर्मुल होस। नेपाल संवृद्ध होबस । नेपाल राज्यले नेपालीहरु विदेशिनु नपर्ने गरि बिकाश र आर्थिक प्रगतिको गति लेवस । मेरो बुबा आमाको संपूर्ण छोरा छोरी परिवार काठमाडौंमा लकडाउन परेकोले केहि अफ्ठेरो अबस्था आइपरे आफन्तजन छिमेकी लाई हेरी दिन र आदरणीय पशुपतिनाथ . संग रक्षा गरिदिन आग्रह गर्दछु I यस्तै अवस्थामा समस्यामा संपूर्ण नेपालका बृद्ध बुबा आमा लाई परिरहेको होला। वहाँहरु लाई पनि छिमेकी इष्टमित्र हरुले आवश्यक परे सहयोग गरिदिन आग्रह गर्दछु। यो बेला हातेमालो सहयोग गरि संयमता र धैर्य धारण गर्ने बेला हो। पढेपछि चित्त बुझे सेयर गरिदिनु होला I

प्रतिक्रिया दिनुहोस्