मुख्यमन्त्री पौडेलले दिएको धम्की लोकतन्त्रको विरुद्धमा

काठमाडौं । विवेकशील नेपाली दलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रोष्ट्रमबाट दिएको धम्की लोकतन्त्रको विरुद्धमा रहेको ठहर गरेको छ ।
सत्ताधारी नेकपा र प्रमुख विपक्षी नेपाली काँग्रेसले संविधानको मर्म, संघियताको मर्म र संसदका स्थापित मान्यता विपरीत प्रदेश नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी सबैको साझा चासोको विषयमा आफ्ना कुनैपनि सदस्यहरूलाई विचार राख्ने अवसरसमेत नदिई हुकुमी शैलीमा बन्द कोठामा निर्णय गर्नुले जनप्रतिनिधिहरुले स्वतन्त्रतापुर्वक बहस, छलफल गर्ने थलोको रुपमा रहेको प्रदेश सभाको नै उपहास भएको विवेकशील नेपाली दलले विज्ञप्ति जारी गरी जनाएको छ ।