मिसेस यूके नेपाल २०१८ की सेकेण्ड रनरअप सविना अब म्यूजिक भिडियोमा - दर्पण संसार

मिसेस यूके नेपाल २०१८ की सेकेण्ड रनरअप सविना अब म्यूजिक भिडियोमा

लन्डन । सबिना श्रेष्ठ थापाले म्यूजिक भिडियो मार्फत अभिनय यात्रा आरम्भ गरेकी छिन ।

लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी सविना लण्डन फेशन हाउसले आयोजना गरेको मिसेस यूके नेपाल २०१८ को दोश्रो संस्करणकी सेकेण्ड रनर अप पनि हुन ।

सबिना केहि फोटो शुट र आकल झुकल मोडलिङ्गमा पहिले देखि नै भएपनि म्यूजिक भिडियोमा चाँहि उनको पहिलो यात्रा हो ।

उनी ‘साथी तिमी मेरो’ म्यूजिक भिडियोमा मुख्य भूमिकामा देखा परेकी छिन । उनलाई सञ्जय कँडेल र संचारकर्मी तथा मोडल रिना भण्डारीले पनि साथ दिएका छन ।

मोसफलबाट म्यूजिक भिडियो मार्फत डेब्यु गरेकी मोडल सविना श्रेष्ठ थापा अभिनित ‘साथी तिमी मेरो’ म्युजिक भिडियो लाखौं दर्शकले रुचाएपछि उनको चर्चा प्रवास र मातृभूमिमा चुलिएको हो ।

भिडियोलाई निर्देशक तथा चर्चित कोरियोग्राफर प्रभु गुरुङ्गले निर्देशन गरेका हुन भने क्यामेरामा सुमन श्रेष्ठ र अनुराग श्रेष्ठले साथ दिएका छन

चर्चित गायिका मेलिना राई र गायक ताराप्रकाश लिम्बुको कर्णप्रिय आवाज रहेको सुन्दर शब्दलाई मुकेश राईले कोरेका हुन ।

पुप्रण प्रडक्सनले बजारमा ल्याएको गितलाई शुशिल गुरुङले सम्पादन गरेका छन ।

लण्डनको ऐतिहासिक र पर्यटकीय क्षेत्र वरपर छायाँकंन गरिएको कर्णप्रिय गितमा गायक ताराप्रकाश लिम्बुले नै संगित भरेका हुन ।

पुष्पा गुरुङ्गको श्रृगांर रहेको भिडियोले नेपाली सांगीतिक बजारमा अहिले निकै चर्चा कमाएको छ ।

https://www.youtube.com/watch?v=AAbWY5j39_s&feature=emb_logo

 

प्रतिक्रिया दिनुहोस्