मान्नैपर्छ यि साहसिला दिदीबहिनीहरुलाई - दर्पण संसार

मान्नैपर्छ यि साहसिला दिदीबहिनीहरुलाई

 

एनआरएनए यूकेको आतंक बिरुद्द महिला अभियन्ताहरुले एनआरएनए यूकेको १५ औं स्थापना दिवशमा प्रमुख अतिथि बन्न आइपुगेका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मालाई कालो झण्डा देखाए I आन्तरिक विवाद मिलाई बाँकि काम गर्न गरिएको सर्वसाधारण र बुद्धिजिविको आग्रहलाई नकार्दै सर्वाधिक विवादीत कार्यक्रम एनआरएनए यूकेको स्थापना दिवसमा प्रमुख अतिथि बन्न आएका कुमार पन्त शर्मालाई गत निर्वाचनमा एनआरएनए यूकेको तर्फबाट महिला संयोजकको उमेद्वार रहेकी क्षमता ढकाल , गोर्खा आमा समुहकी सेतीमाया गुरुङ्ग , माइली गुरुङ्ग , शान्ति गुरुङ्ग , सोनी सुनार ,संगीता गैरे लगायत दर्जनौ महिला दिदीबहिनीले कार्यक्रम स्थलमै चर्को विरोध , नारा जुलुस गर्दै कालो झण्डा देखाएका थिए ।

एनआरएनए कार्यसमितिका अधिकांश कार्यसमितिका सदस्य, एनआरएनए अभियन्ता लगाएतले विवादास्पद कार्यक्रमको पूर्ण जानकारी महासचिव डा हेमराज शर्मालाई गराउँदा पनि उनले आफ्नो अध्यक्ष कुमार पन्त माथि हुने दुर्व्यवहार र अपमान रोक्न प्रयास नगर्नु शंकास्पद छ ।

विश्व भर कोरोना भाइरसको सन्त्रास फैलिरहदा एनआरएनए आइसिसीले यूकेमा एनआरएनए यूकेको नाममा १५ औ वार्षिकत्सव मनायो । १४ हजार पञ्जीकृत सदश्य भएको विश्वकै ठूलो गैह्र आवासीय नेपाली संघ यूकेको स्थापना दिवशमा मुस्किलले १०० जनाको उपस्थिति देखिन्थ्यो । गजबको कुरा स्थापना दिवश मनाईरहदा एनआरएनए बेलायतका संस्थापक अध्यक्ष लगाएत बहुमत सस्थापक सदश्यले कार्यक्रम बहिष्कार गरे भने नेपाली दुतावास लण्डनबाट डा दुर्गाबहादुर सुवेदी पनि गएनन ।

मार्च ४ मा एनआरएनए युकेका ४ उपाध्यक्षहरु प्रेम गाहा मगर , नारायण कँडेल , मोहन कार्की र रामचन्द्र पोख्रेलले अध्यक्ष पुनम गुरुङ्गले विधि र विधान सम्मत काम नगरेको , कार्य समितिमा छलफल र अनुमोदन नगरी सल्लाहकार नियुक्त गरेको , आर्थिक हिनामिना र घोटलाको पारदर्शी छानवीन नगरेको , कार्य समितिमा काबिल र सक्षम सदश्य हुँदा हुदै आइसिसि मानार्थ सदश्यको संयोजकमा स्थापना दिवश मनाउँन लागिएको , निर्वाचन धाधली र विवादस्पद भएको भन्दै स्वतन्त्र छानविन र पुनम गुरुङ्गलाई प्रक्रिया र संस्कारयुक्त सामाजिक अभ्यासमा आउन पत्रकार सम्मेलन मार्फत सजग गराएका थिए ।

एनआरएनए यूकेमा चरम विवाद र अनियमितताको घटनाक्रमका विचमा स्थापना दिवश मनाउने भन्दै गैह्र आवासिय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासविच हेमराज शर्मालाई निमन्त्रणा गरिएको थियो । बेलायत सरकारले कोरोना भाइरसबाट बच्न भिड भाड , सभा समारोहमा ननिस्कन गरेको आग्रहलाई बेवास्ता गर्दे उनीहरू तामझाम र बाजागाजाका साथ कार्यक्रम स्थल आईपुगेका थिए ।

गोर्खा समस्या , नेपाल हाउस, नेपाली भेष - भुषा , भाषा संघसंस्था समन्वयमा शुन्य प्रगति छ । कार्यकालको छ महिना वित्दा पनि आन्तरिक विवाद मिलाउन नसक्दा पहिलो महिला नेतृको क्षमतामा प्रश्न उठेको छ । यूके अध्यक्षको राजनैतिक तथा जातिय संरक्षण , भेदभाव , बदला व्यवहारले अबको बाटो झन अप्ठ्यारो देखिन्छ । कार्यसमितिका अधिकांश बरिष्ठ सदश्यहरु नै अध्यक्षको कार्यशैलीको भण्डाफोर गर्दै अनियमितता र गतिविधिको विरोध गर्दा आम मतदातामा संस्थाको साख गिर्दो छ र कतै संस्था नै फुट्ने त होइन ? गाईगुई सुनिन पनि थालेको छ ।

"

प्रतिक्रिया दिनुहोस्