मन्त्री नेम्बाङद्धारा ऐतिहासिक मानदेव पथको उद्घाटन - दर्पण संसार

मन्त्री नेम्बाङद्धारा ऐतिहासिक मानदेव पथको उद्घाटन

काठमाडौं । लिच्छिविकालिन राजा मानदेवद्धारा निर्मित चाँगुनारायण मन्दिर जाने ऐतिहासिक मानदेव पथ सडकको भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्बाङले उद्घाटन गरेका छन् । भक्तपुरको व्यासी, झौखेल, गेलालगाउँ हुँदै चाँगुनारायण मन्दिर जोड्ने पक्की सडकको आज रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले चाँगुनारायण मन्दिर क्षेत्र ऐतिहासिक रहेको बताए । उनले भने, “चाँगुनारायण ऐतिहासिक ठाउँ हो । पर्यटकीय रुपमा पनि यस क्षेत्रको ठूलो महत्व रहेको छ जहाँ नगरकोट छ ।”

उनले नगरकोट जाने बाटो चाँडै सम्पन्न हुनु पर्ने धारण राखे । भने,“नगरकोट पर्यटनको एउटा प्रमुख केन्द्र हो । त्यसलाई हरियाली बनाउनु पर्छ । धुलो रहित कालोपत्रे बाटो बनाइनु पर्छ र पर्यटकका लागि सहज पहुँच मार्ग बनाइनु पर्छ तर केहि समस्या भएको छ । हामी लागि रहेका छौ ।’

भक्तपुरको समग्र विकास गर्न वडा अध्यक्ष, पालिका प्रमुख, सासद सबै जनप्रतिनिधिहरु अत्यन्तै सक्रियतापूर्वक लागेको जानकारी पाउँदा अत्यन्तै खुसी लागेको बताए । यसरी नै सबै जनप्रतिनिधिहरु लागे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्नु भएको सपना र चालेको महाअभियान समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान पुरा हुन्छ भन्ने उदाहारण भक्तपुरले देखाएको उल्लेख गरे ।

मन्त्री नेम्बाङले विकासको अभियन्ता युवा नेता महेश बस्तेतलाई भक्तपुरले पाएको भन्दै उनले भक्तपुर विकासमा चाल्नु भएको कदमको प्रशंसा समेत गरे

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा कालोपत्र गर्ने अभियान शुरु भएको उल्लेख गर्दै आउँदो तीन वर्षमा चाँगुनारायण उत्कृष्ट शहर बन्ने दाबी गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नगर प्रमुख सोमप्रसाद मिश्रले समेत धारण राखेका थिए ।
कार्यक्रममा ठेक्का सम्झौता मिति भन्दा अगावै निर्माण सम्पन्न गरेकोमो खरिढुंगा निर्माण कम्पनीका निर्देशक विरेन्द्र थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्