मछिन्द्रले जित्यो माइभ्या ली गोल्डकपको उपाधि - दर्पण संसार

मछिन्द्रले जित्यो माइभ्या ली गोल्डकपको उपाधि

काठमाडौं । माइभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लबले जितेको छ । इलामको टुँडिखेलमा भएको फाइनलमा मच्छिन्द्रले आयोजक माइभ्याली क्लबलाई १(० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको १२ औं मिनेटमा माइभ्यालीका कप्तान छिरिङ गुरुङले गोलको राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा भने मछिन्द्रले अग्रता लिएको थियो ।

क्लबका लागि विदेशी खेलाडीले गोल गरेका हुन् । मछिन्द्रले माइभ्याली गोल्डकपको उपाधि पहिलो पटक जितेको हो । योसहित मच्छिन्द्रले यस सिजनमा तीन वटा उपाधि जितिसकेको छ ।

उपाधिसँगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्